कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ ।
शनीवार बिहान ४ः५० बजेको समयमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर बिष्टको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर एकको गढिमाई मन्दिर नजिकको दसगजा क्षेत्रबाट चार वटा पोकामा रहेको ४३ किलो ८०० सय ग्राम गाँजा बरामद गरेको हो ।

तस्करहरु भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ गाँजाको पोका फालेर भागेकाले पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद गरिएको गाँजालाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सेढवामा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

Leave a Reply