निजगढ,निजगढ उद्योग बाणिज्य संघले बाणिज्य बैङ्क र वित्तीय संस्थाहरुले गरेको ब्याज दर वृद्धिको विरोधमा आइतवार बैङ्कको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठसहितको टोलीले ब्याज दर वृद्धिको विरोधमा निजगढस्थित सबै बाणिज्य बैङ्कहरुको कार्यालयमा पुगेर विरोधमा ब्यानर राखेको छ । बैङ्क कार्यालयहरुमा ब्याज दर घटाउनु पर्ने माग अंकित ब्यानर राखिएको हो ।

राष्ट्र बैङ्कको निर्णय अनुसार बैङ्क तथा वित्तीय संस्थाहरुले पछिल्लो समय २ अंकको दरमा ब्याज दर वृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित हुदै आएका छन । राष्ट्र बैङ्कको निर्णयबाट व्यवसायीहरु सबैभन्दा बढी मार्कामा परेको र सोको विरोधमा बैङ्क तथा वित्तीय संस्थाहरुमा ब्यानर टाँसिएको निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले हाल वृद्धि भएको ब्याज दर तत्काल घटाउन माग पनि गर्नुभएको छ ।

Leave a Reply