वीरगन्ज,वीरगंजमा शुक्रबार साँझसम्मको पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत पर्सा जिल्ला घर भएका ६ जना संक्रमितको मृत्यु भएको हो । वीरगन्जको नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सन्चालन गरेको कोरोना अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ५ की ७९ वर्षिया महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको छ । बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला बैशाख २० गते मेडिकल कलेजको कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी सिदनुभयो ।

यस्तै वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का ५५ वर्षिय संक्रमित पुरुषको पनि शुक्रबार बिहान ८ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बैशाख २२ गते वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो । बैशाख २३ गते उनको एन्टिजेन प्रविधिबाट जाँच गर्दा कोरोना रिपोर्ट पोजिटीभ आएको थियो । हेल्थ केयर हस्पिटलमै उपचाररत उनको शुक्रबार बिहान ८ बजे मृत्यु भएको श्रीवास्तवले जानकारी दिनुभयो । त्यस्तै वीरगन्ज हेल्थकेयर हस्पिटलमै उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ५५ बर्षिय संक्रमित पुरुषको पनि शुक्रबार नै बिहान मृत्यु भएको छ । बिहीबार वीरगन्ज हेल्थ केयरमा भर्ना भएका उनका बिहीबार नै एन्टिजेन प्रविधिबाट कोरोना जाँच गर्दा रिपोर्ट पोजिटीभ आएको थियो । उनको शुक्रबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिनुभयो । त्यस्तै वीरगन्जको नेशनल मेडीकल कलेजले संचालन गरेको कोरोना अस्थायी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका २८ बगहीका ६१ वर्षिय संक्रमित पुरुषको मृत्यु भएको छ । उनी बिहीबार कोरोना अस्पतालमा भर्ना भएकोमा बिहीबार पिसिआर परिक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । मेडिकल कलेजको कोरोना अस्पतालमा उपचाररत उनको बिहीबार साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिनुभयो । त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ५४ बर्षिय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । गत बैशाख १८ गते उनी वीरगन्ज हेल्थ केयरमा भर्ना भएको र उनको त्यही दिन पिसिआर परीक्षणबाट कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । उनको बिहीबार साँझ ६ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले बताउनुभयो । यस्तै मेडीकल कलेजको कोरोना अस्पतालमै उपचाररत पर्साको बहुदरमाई नगरपालिकाका ४० वर्षिय पुरुषको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो । उनको बैशाख १३ गते पिसिआर जाँच गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । उनी गत बैशाख १९ गते कोरोना अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमणको दोश्रो लहर शुरु भएयता शुक्रबारसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत मध्ये ५८ जनाको मृत्यु भएको छ । ती मध्ये ३९ जना पर्सा, बारा, रौतहट र सर्लाहीका गरी १८ जना र एक जना भारतीय नागरिक रहेको श्रीवास्तवले जानकारी दिनुभयो ।

Leave a Reply