जिल्ला वन कार्यालय बाराका प्रमुख विनोद सिंह हालै सम्मानित भएको कुरा आएको छ ।बारा जिल्ला वन सम्पदाको दृष्टिले निकै महत्वपूर्ण छ । बाराको वन देशमै साल प्रजातिको रुखको लागि प्रसिद्ध छ । जिल्लाको ३ तर्फको भूभाग वनले घेरिएको छ । विगतकाकतिपय वनका अधिकारी वन संरक्षणमाभन्दा पनि आफ्नो स्वार्थमा लागेका थिए । वन जोगाउनतिर भन्दा पनि वन फडानीतिर उनीहरु लागे जसले गर्दा बाराका कयौं हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । र यो अतिक्रमण अझै पनि छ ।
केही अभियान संचालन गरेको भएपनि वनले अझै प्रभावकारी रुपबाट बारामा वन संरक्षणका लागि अभियान संचालन गर्न आवश्यक छ । बारा जिल्लाका कतिपय वन अझैपनि अतिक्रमणको चपेटमा नै छन् । यो वनको संरक्षण गर्ने दायित्व केवल वन कार्यालय र त्यसका कर्मचारीहरुको मात्र त होइन तैपनि यसको नेतृत्व गर्ने भूमिकाभने वन कार्यालयको हुन्छ । र यो अभियानको अगुवाई पनि वन कार्यालयले नै गर्ने हो ।

तर, वन कार्यालयले अझैपनि यो अभियानलाई सार्थक बनाउन सकेको छैन । अभियान सार्थक नभएसम्म अतिक्रमणमा परेका वनका जग्गा फिर्ता हुने कुरै भएन । अहिलेका वन कार्यालयका प्रमुखबाट अझै यो अभियान संचालन होस् बाराका नागरिकहरु चाहन्छन् ।


















