नरेश गुप्ता

बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर बजारस्थित एक पसलमा आगलागी हुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । सोमबार बिहान १ः२० बजे उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई पसलमा अचानक आगलागी भएको थियो ।

आगलागीबाट उपेन्द्रसहित तीनजनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । तीन वटै पसलमा गरी अन्दाजी दुई लाख ४० हजार मूल्य बराबरको सामान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

आगलागीमा विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा ब्याट्री, इन्भर्टर दुई थान, मोबाइल, ल्यापटप र बुफर गरी १ लाख ५ हजार, जितेन्द्र कुशवाहाको टिभी पसलमा राखिएको पंखा, टिभी सात वटा, दुई थान एलसीडी र एक थान एलईडी गरी ९५ हजार र उपेन्द्रको मोटरसाइकल, टिभी र मोटर गरी ४० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here