सिमरा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाकी दृष्टिविहिन शिक्षिका अञ्जु धिताल ‘अजितसेन गुप्ता स्मृति भिन्नक्षमता’ पुरस्कार २०८० बाट पुरस्कृत हुनुभएको छ ।हेटौडास्थित भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले अञ्जुलाई १० हजार राशीको उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले एक कार्यक्रमकाबीच अञ्जुलाई पुरस्कृत गर्नुभएको हो । पथलैया घर भएकी अञ्जु अहिले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौलीमा रहेको रामअवतार जनता माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्छ ।२०४६ सालमा पथलैयामा जन्मिनुभएकी अञ्जुले स्नातक तहसम्मको अध्ययन पूरा गरिसक्नुभएको छ । २०७९ सालको शिक्षा सेवा आयोगबाट प्राथमिक तहमा नाम निकाल्न सफल अञ्जु त्यसयता रामअवतार जनता माध्यमिक विद्यालयमा अध्यापन गराउदैआउनुभएको छ ।त्यसअघि उहाँले जीतपुरसिमरा वडा नम्बर १४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय र सुनसरीमा रहेको कोशी माध्यमिक विद्यालयमा पनि अध्यापन गर्नुभएको थियो । उहाँले गैरसरकारी संस्थामासमेत काम गर्नुभयो ।

Leave a Reply