कलैया,बाराको पचरौतामा बुधवार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज मिलिनियम र लायन्स क्लब अफ वीरगन्ज टोर्नाडोले शिविरको आयोजना गरेको हो ।मातृका आई फाउण्डेशन वीरगञ्ज र पचरौता नगरपालिकाको प्राविधिक सहयोगमा आयोजित शिविरमा पाँच सय एक जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये दुई सय ५१ जनालाई मोतियाबिन्दुको शल्यक्रियाको लागि पठाइएको छ ।
पचरौता नगरपालिका ७ स्थित स्वास्थ्य चौकीमा आयोजित शिविरमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसका ईमिडियट पास्ट डिष्ट्रिक्ट गनर्भर डिएन अग्रवाल, लायन्स क्लब अफ वीरगञ्ज मिलिनियमका अध्यक्ष विनोद खण्डेवाल, सचिव रोशन गुप्ता, लायन सुशिल चाचान, ब्रम्हदेव चौधरी, प्रकाश थारु, लायन्स क्लब अफ वीरगञ्ज टोर्नाडोका हर्ष अग्रवाल, डा. रितु अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply