आरके राजन
सिम्रौनगढ,हावाहुरीसंगै परेको चट्याङको आवाजबाट हृदयघात हुँदा बाराको सिम्रौनगढमा आइतवार राती एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका–१ टोल खजानी निवासी रामबिलास साह कलवारकी श्रीमती ५० वर्षीया मनतुरा देवी रहेकी छन् । स्थानीय लालबाबु कुशवाहाकाअनुसार रातीहावाहुरी र असिनापानीसंगै ठूलो आवाजमा चट्याङ पर्दा मनतुरा देवीलाई हृदयघात हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

हावाहुरी, पानी र असिनाले यस क्षेत्रमा करोडौं रुपैयाँ बराबरको कृषि बाली र तरकारी खेतीमा क्षति पुगेको स्थानीयले बताएका छन् । हावाहुरी र असिनापानीले सिम्रौनगढ इलाकाको खजानी, झवानी, नैकाटोला, अमृतगन्ज, जानकी नगर, बैरिया, हरिहरपुर, गङ्गानगर, सतुवाही, अमरपुर, कमलपुर, इटवाल, कनकपुर, देवापुर, टेटा, पर्सा र सिम्रौनगढ बजारलगायतका गाउँहरूमा लगाइएको मकै, काउली, टमाटर, बोडी, करेला, लौका, खिरा, भिन्डी र भन्टा लगायतका कृषि र तरकारी बाली नष्ट भएको छ । पानीसंगै परेको असिनाले खजानीमा सबैभन्दा बढी क्षति भएको छ ।

हावाहुरीबाट गाउँका केही घर र छाप्रा तथा रुखहरू पनि ढालेकाछन । पीडितहरूका अनुसार, तरकारी र कृषिबालीसहित उक्त क्षेत्रमा फूलदै गरेको आँप, केराबाली र फूल खेतीमा समेत ठूलो क्षति पुगेको छ।

Leave a Reply