शिक्षक समाजमा मार्गदर्शक हुन् । समाजलाई अग्रणी भूमिका निर्वाह गर्ने शिक्षकहरुको व्यवहारबाट समाजले धेरै कुरा आफै सिकी पनि रहेको हुन्छ ।शिक्षक जे भएपनि पथपर्दशक नै हुन् । उनीहरु समाजमा ऐना पनि हुन् । शिक्षकहरु नै गलत बाटोमा गएको खण्डमा समाज कस्तो होला कल्पना पनि गर्न सकिदैन तर शिक्षकहरु विगत लामो समयदेखि आन्दोलनमा रहेपनि सरकारले वास्ता गरेन र आइतबार शिक्षकहरुमाथि बर्बरता नै भएको छ भन्नु पर्दछ । त्यसो त शिक्षकहरुले पनि संयमता भने गुमाउदै गएको पनि देखिन्छ ।

लामो समय आन्दोलन गरेका कारण पनि शिक्षकहरुलाई पीडा भएर उनीहरु निषेधित क्षेत्र तोड्न लागेका होलान् तर यो ठीक पनि होइन । सरकार गैरजिम्मेवार बन्यो भन्दैमा शिक्षकहरु झनै गैर जिम्मेवार बन्दै जाने हो भने देश मात्र होइन समाज नै हिंसक बन्ेछ ।त्यसैले पनि सरकार भन्दा शिक्षकहरु जिम्मेवार बन्नु नै पर्दछ । शिक्षकहरुले पनि संयमता गुमाएको देखिन्छ भने सरकार गैरजिम्मेवार बनेको छ ।
आइतवार भएको घटनाको जति विरोध गरेपनि कमै हुन्छ । समाचार संकलनमा सावधानी अपनाउन नसक्दा संचारकर्मीहरु पनि घाइते भएका छन् । शिक्षकहरु, प्रहरीहरु पनि घाइते छन् । यसरी भिडेर पार लाग्दैन । शिक्षकहरु संयमित बन्न आवश्यक छ । सरकार त यो देशमा भएपनि अभिभावकत्व प्रदान गर्ने अवस्थामा छैन । यो कुरा शिक्षकहरुले बेलैमा बुझ्न आवश्यक छ ।
















