काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।छोरा निर्भिकसहित भारत जाने तयारी रहेको परिवारका एक सदस्यले जानकारी दिए । उहाँलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो ।

उपचारका क्रममा उहाँको बायाँ हात समेत काट्न परेको थियो । अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार, अब चित्रकारको ज्यान खतरामा भने छैन ।तर, उहाँलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ ।
आगजनीमा परेपछि उहाँको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको डा. राईले जानकारी दिनुभयो ।
‘निमोनिया थियो । उहाँको फोक्सोमा धेरै नै ग्यास पुगेको थियो । हामीले मेसिनकै प्रयोग गरेर त्यो ग्याँस निकाल्यौं,’ डा. राईले भन्नुभयो ।उहाँको स्वास्थ्यमा सुधार देखिएको भए पनि निमोनिया चाँडो निको गराउन पनि परिवारकै सल्लाह अनुसार भारत लान लागिएको हो ।डा. राईका अनुसार चित्रकारको शरीरमा १५ प्रतिशत जलन भएको छ ।

Leave a Reply