कलैया,बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा संचालनमा रहेका अवैध भट्टीमा छापामारी गरी घरेलु मदिरा उत्पादनमा प्रयोग गरिने ४० हजार लिटर कच्चा पदार्थ र ५ हजार लिटर तयारी मदिरा नष्ट नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बुधवार पचरौता नगरपालिका वडा नम्बर ८ को छपकैयाका ५ स्थान र जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ को पटेर्वाका २ स्थानमा संचालनमा रहेका ८ वटा भट्टीमा छापामारी गरी कच्चा पदार्थ र तयारी मदिरा नष्ट पार्नुको साथै मदिरा उत्पादनमा प्रयोग गरिने सामग्री पनि जफत गरेको छ ।जिल्ला प्रहरी कार्यालले दिएको जानकारीअनुसार प्रहरीले मदिरा राख्न प्रयोग गरिने ७६ थान ड्रम, मदिरा तयार पार्ने ५ थान मेशिन पनि बरामद गरेको छ ।नजिकिदै गरेका चाडपर्वहरुमा कारोबार बढनसक्ने शंभावनालाई ध्यानमा राखेर प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुमा निगरानी बढाएको हो ।

Leave a Reply