सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाले आइतवार आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारले १०औं नगर सभामा आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँको निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।‘सुशासनयुक्त सक्षम एवं सवल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तीकरण सिम्रौनगढको आधार’ भन्ने मूल नारासहित प्रस्तुत गरिएको बजेटमा शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको छ ।

‘शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षाको क्षेत्रलाई विषेश प्राथमिकतामा जोड दिदै सिम्रौनगढ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाकी उपप्रमुख नजमु शेहरको नेतृत्वमा प्रस्तुत निति तथा कार्यक्रमले नगरपालिकाको आय संकलनमा नेपाल सरकारबाट विभिन्न अनुदान शीर्षक अन्तर्गत ६७ करोडभन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।संघीय सरकारबाट समानिकरण अनुदान ११ करोड ३५ लाख ९८ हजार ५८ रुपैया, सशर्त अनुदान चालु ३३ करोड ६३ लाख, सशर्त अनुदान समपुरक ८७ लाख, विषेश अनुदानमा पूँजिगत ६९ लाख, आन्तरिक राजश्व ३ करोड ९९ लाख ९२ हजार र गैर सरकारी संघ संस्थाबाट तथा दातृ निकायबाट २ करोड रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।त्यस्तै प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख र प्रदेश सरकारकै समपुरक अनुदान २० लाख गरी ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ अनुदान प्राप्त हुने छ ।

Leave a Reply