प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलवार देशवासीका नाममा संबोधन गरिरहदा नागरिकहरुको भने शंबोधनप्रति खासै ध्यान थिएन । त्यत्ति धेरै चासो दिएर देशवासीले प्रधानमन्त्रीको संबोधन सुनेको जस्तो पनि देखिएन । धेरै चासोको विषयमा पनि परेन प्रधानमन्त्री दहालको शंबोधन ।यसो हुनुमा देशका प्रधानमन्त्रीप्रतिको नागरिकहरुको विश्वास पनि गुम्दै जानु हो । आजैको दिन एक वर्षअगाडि नेपालको कार्यकारी पदमा प्रचण्ड पुग्नु भएको थियो त्यो पनि तेश्रो पटक । प्रचण्डलाई शुरुमा प्रधानमन्त्री एमालेले बनाएको भएपनि अहिले भने प्रचण्डको साथमा एमाले छैन ।प्रचण्डलाई प्रधानमन्त्री बनाएका धेरै दल पनि अहिले साथमा छैनन् । तैपनि देशको कार्यकारी पदमा प्रचण्डको आजको दिनसम्ममा पद छ अनि अहिले तत्कालै प्रचण्डको पद जाने संभावना पनि छैन ।यद्यपि प्रचण्डको एक वर्ष विभिन्न शंकाउपशंकाका बीचमा पूरा भएको छ । एक वर्षको प्रधानमन्त्री प्रचण्डको कार्यकाल सफल वा असफल के रह्यो त्यसको त नागरिक स्तरबाट पक्कै समीक्षा हुनेछ र भइरहेकै छ नै तर प्रचण्डले जति देशलाई केही दिन पर्ने थियो, त्यो भने दिन सकेको देखिदैन ।
मंगलवार प्रचण्डले देशवासीको नाउँमा संबोधन गरिरहदा बोलेका केही कुरामा जनताको विश्वास पनि घटेको छ । एक वर्षअगाडि पनि प्रचण्डको केही कुरामा प्रतिबद्धता थियो तर त्यो पूरा गरेको देखिदैन ।त्यसैले पनि मंगलवारको मन्तव्यले पनि जनतालाई विश्वास दिलाउन सकेको छैन । प्रचण्डले एक वर्ष पुगेको अवसरमा गरेको प्रतिबद्धता पूरा होऊन् यो नै आम नागरिकहरुको चाहना हो ।

















