मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ५ मा ३ दशकदेखि अलपत्र अवस्थामा रहेकोे बकुलिया खानेपानी आयोजना संचालनमा आउने भएको छ । मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमकाबीच शिल्यान्यास गरेपछि २७ वर्षअघिदेखि अलपत्र आयोजना संचालनमा आउने भएको हो ।प्रदेश सभा सदस्य चौधरीले बकुलिया खानेपानी आयोजनाअन्तर्गत पुरानो ट्यांकीको मर्मत, खानेपानी कार्यालय भवन मर्मत तथा नयाँ पाइपलाइन विस्तार कार्यको शिल्यान्यास गर्नुभएको हो ।

प्रदेशसभा सदस्य चौधरी ०५४ सालमा जीतपुरभवानीपुर गाविसको अध्यक्ष रहेको बेला शुरु भएको थियो ।
आयोजनाको शिल्यान्याससंगै जीतपुरसिमरा– ५ बकुलिया र वडा नम्बर ७ का स्थानीय बासिन्दाको सुरक्षित पिउने पानी प्रयोग गर्ने अधुरो सपना पुरा हुने भएको छ ।
शिल्यान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँई, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरीलगायत साविक जीतपुर भवानीपुर गाविसका पूर्वगाविस अध्यक्ष कृष्णबरत सिँह, नेपाली कम्युनिष्ट पार्टीका नेता क्षेत्रबहादुर श्रेष्ठ (अनिल), दिनेश राईको उपस्थिति रहेको थियो ।थापा ब्रदर्स जे.भी., संकटा न्युरोड काठमाडौंले २ करोड ५७ लाख ४४ हजार ९२९ मा सो आयोजना निर्माणको ठेक्का लिएको छ । कुनै बाधा–अवरोध नआए आगामी असार १० गतेअघि नै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले दाबी गरेको छ ।


















