सरकारले विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप निरोगी नेपाल अभियानको एउटा पाटो शुरु गगरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गरेको हो । देशव्यापीरुपमा एकैपटक नयाँ कामको थालनी गर्नु आम नागरिक र देशकै लागि खुशीको कुरा हो।‘पृथकतामा एकता ः क्यान्सर भोगाइका कथाहरु’ मूल नारा रहेको यस वर्षको विश्व क्यान्सर दिवसको अवसर पारी माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी सञ्चालन हुने खोप अभियानमा १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने सरकारको तयारी छ। एचपीभी खोप नेपालमा गतवर्ष १० हजार किशोरीलाई पाइलटिङका रुपमा लगाइसकिएको छ। ती किशोरीले यसपटक खोप लगाउनु नपर्ने बताइएको छ।
सरकारले एकैसाथ देशव्यापी एचपीभी खोप अभियान शुरु गरी किशोरीहरुलाई खोप अभियानमा स्वस्फूर्तरुपमा सहभागी हुन आग्रह गरेको छ। एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो। यसले साधारण होइन, क्यान्सरजस्तो रोग लाग्नै नदिनु सुरक्षित भविष्यको संकेत हो । यसरी नै नागरिकलाई स्वस्थ बनाउन सरकारले जनस्वास्थ्यप्रति चनाखो हुनु आजको आवश्यकता हो। किशोरीलाई क्यान्सर खोप अभियानको शुरुवात गरेसँगै किशोरहरुका लागि पनि खोप लगाउने वातावरण बनाइयोस्।
मधेश प्रदेशमा पनि यो अभियान जारी छ । यो खोपको बिषयमा अझैपिन कही कतै समस्या देखिन्छ ।यसको प्रभावकारिताका बिषयमा पनि सरकारले आम नागरिकहरुलाई स्पष्ट पार्न सकेको छैन अनि मधेशका किशोरीहरु विश्वस्त हुन सकेको अवस्था पनि छैन । त्यसैले पनि सरकारले यो कुरा स्पष्ट पार्न जरुरी चैं छ ।
















