राजन कुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिकामा जिल्लाका सुरक्षा निकाय प्रमुख र नगरपालिकाका जनप्रतिनिधिबीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा पोखरियामा जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी कार्यालयको शाखा स्थापना तथा पोखरियादेखि वीरगन्जसम्म सार्वजनिक यातायातको भाडा दर निर्धारण लगायतका विषयमा छलफल भएको छ ।पोखरिया नगरपालिकाका मेयर प्रद्युमनप्रसाद चौहानको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो ।कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी, उपमेयर रूबीकुमारी ठाकुर, पूर्व मेयर दीपनारायण रौनियार, राजनीतिक दलका नेताहरु निजामोदिन समानी, शंकरप्रसाद यादव, बिन्ध्याचंल ठाकुर, श्रीकिसुन चौहान, गोवर्धन यादव, भगवान दास तत्वा, वडा अध्यक्ष प्रमोद गिरी, परमानन्द पटेल, केदार महतो चाई, राधा बैठा, कौशलकुमार साह लगायतको सहभागिता थियो ।

Leave a Reply