रौतहट,जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ । विवादको क्रममा दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ भलोहिया बस्ने बर्ष ४० को जयप्रकाश दासको मृत्यु भएको हो ।सोही स्थानका ५० बर्षिय चन्देश्वर महतोले धकेल्दा दासको लडेर मृत्यु भएको पीडित पक्षले जनाएको छ । लडेर अचेत भएका जयप्रकाशको उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।जग्गाको विषयमा भएको दुई पक्षबीच बिबाद भएको र सोही क्रममा उनको मृत्यु भएको तथा शवको परीक्षणपछि थप कुरा खुल्ने प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभएको छ । महतोलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply