निजगढ,खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको सातौं साधारण सभा शनिबार सम्पन्न भएको छ । निजगढ बैन्क्यूट हलमा संस्थाको सातौं साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाको अध्यक्षतामा भएको सभामा निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा निजगढ नगरपालिकाकी उपप्रभुख लिलादेबी लामिछाने, राखेपाका पुर्व सदस्य सचिब युवराज लामा, जिल्ला खानेपानी कार्यालयका डिभिजन इंन्जिनियर जक्की अहमत हुसोन लगायतको उपस्थित रहेको थियो । कार्यक्रमा अध्यक्ष कोइरालाले संस्थाले गरेको प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो । अध्यक्ष कोइरालाले संस्थाको बिकाशको क्रममा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारबाट सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले संस्थाले वडा नम्बर ४ को उत्तरी भेग, ५ र ६ भमरा टोललगायत अन्य स्थानमा पहिलाबाट रहेको पानीको समस्या हाल पुर्णरुपमा हल भएको बताउनुभयो ।
यसैगरी निजगढ नगरपालिका प्रमुख खनालले निजगढभित्र रहेका स्रोतहरुलाई सहि ढंगले परिचालन गर्न सकेमा पानी निर्यात गरेर धनी बन्न सकिने बताउनुभयो । उहाँले राम्रो कार्य गर्नेको प्रसंशा गर्न अपिल गर्दै संस्थाका अध्यक्ष कोइरालाले संस्थाको गरिमा बढाउन निकै मेहिनत गरेको बताउनुभयो ।
यस्तै, उपपमुख लिला देबी लामिछानेले जिल्लाका अन्य खानेपानी संस्था भन्दा नमुना रुपमा काम गरिरहेकोमा प्रशंसा गर्दै कामको मुल्याङकन गर्नुभएको थियो । आगामी नयाँ कार्य योजनाको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले संस्थाले पछिल्लो समयमा निकै राम्रो काम गरेको हुदाँ निजगढ नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, नेपाली कांग्रेसका नगर सभापती महेशी कुवर, नेकपा माओवादी केन्द्रका प्रतिनिधि कुमार लामा, राप्रपा निजगढका नगर अध्यक्ष खड्कप्रसाद उप्रेती, नेपाली काग्रेशका नेता शम्भुबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष र कर्मचारी लगायतलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख खनालले दिप प्रज्जवलन गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव महेश्वर अधिकारीले गर्नुभएको थियो ।