वीरगञ्ज,पर्साको बहुदरमाई नगरपालिका कार्यालयमा शुक्रवार भएको तोडफोड र आगजनीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।नगरपालिका कार्यालयले नगरभित्रका शिक्षकहरुलाई ६ महिनादेखि तलब नदिएपछि पठनपाठन प्रभावित भएको भन्दै आन्दोलमा उत्रिएका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगजनी पनि गरेका थिए । सोही घटनामा संलग्न दुईजनालाई शनिवार प्रहरीले पक्राउ गरेको हो ।

नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न रहेका दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले पुष्टि गर्नुभयो । पक्राउ परेकाहरुको परिचय भने खुलाईएको छैन ।
विद्यार्थीहरु सानै उमेरको भएकाले परिचय नखुलाइएको प्रहरी नायव उपरीक्षक लम्सालले बताउनुभयो । बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन सा तेलीले कानून विपरित प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अख्तियारी नदिएपछि चुलिएको विवाद नगरपालिकाको भौतिक सम्पत्ति तोडफोडसम्म पुगेको छ ।भौतिक सम्पत्ति तोडफोड र आगजनीले लाखौंको क्षति भएपनि नगर प्रमुख तेलीले समस्या समाधान नगरेर थप विवाद गर्न चाहेको आरोप स्थानीयले आरोप लगाएका छन् ।
सोन्जय तस्बिर

Leave a Reply