कलैया,जीतपुरसिमरा उपमहानगरपालिका– १२ फत्तेपुरमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूले स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुनुको साथै कृषि उत्पादनमासमेत असर पर्नथालेको छ ।खेतीयोग्य जमिनको छेउमा सञ्चालित क्रसरहरूबाट निस्केको धुलो, धुवाँ र ठूलो आवाजका कारण स्थानीय सर्वसाधारण मर्कामा परेका हुन् । स्थानीय किसान रमाकान्त चौधरीका अनुसार, धुलोका कारण खेतमा लगाइएको मकै, धान, गहुँ र तरकारीजस्ता बालीको उत्पादनमा कमी आएको छ । उहाँले बालीनालीमा फूल फुल्न समय लाग्ने, बोटहरू सुक्ने जस्ता समस्या बढेको जानकारी दिनुभयो ।
क्रसर उद्योगबाट निस्कने ठूलो आवाजले पशुपालन व्यवसायमा समेत असर पारेको स्थानीयको गुनासो छ । उनीहरूले क्रसर उद्योगको कडाइका साथ नियमन गर्न, प्रभावित बासिन्दाहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन र उद्योगको वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् । सरोकारवाला निकायलाई पटक–पटक गुनासो गरे पनि सुनुवाइ नहुँदा क्रसर उद्योगहरू निर्वाधरुपमा सञ्चालनमा रहेको स्थानीय बासिन्दाको भनाई छ ।

Leave a Reply