अहिले विश्वलाई नै हल्लाउने गरी संसारभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणका कारण मानव जीवनमा गम्भीर संकट उत्पन्न गराउन थालेको छ । तीव्ररूपमा विश्वभर फैलँदै गएको उक्त भाइरसले गरिब मुलुकमात्र होइन धनी मुलुक बढी प्रताडित हुन थालेका छन् । चीनको उहानबाट शुरू भएको सो भाइरसले अहिले संसारलाई नै त्रासमा बाँच्न बाध्य बनाइदिएको छ ।रोग नियन्त्रणका लागि संसारभरका वैज्ञानिकहरूले हरसम्भव गरेको प्रयास पनि असफल हुँदै गएको छ ।

 

 

 

 

 

 

 

 

 

अहिलेसम्म यसको औषधि पत्ता लाग्न नसकेका कारण मानिसमा एक प्रकारका त्रासले बास गरेको पाइन्छ । अहिले यो रोग नियन्त्रणका लागि जनचेतना फैलाउँदै यसको रोकथाममा लाग्नुपर्ने देखिन्छ । छिमेकी मुलुक चीनबाट फैलिएको यो रोगको उच्च जोखिम नेपाल भएको भन्दै अहिले सरकारले हर तरहका प्रयास अपनाउन जनतालाई आग्रह गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

 

खास गरी राजधानी उपत्यकामा यो रोगको संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुने देखिन्छ ।राजधानीमा हुने भीडलाई नियन्त्रण गर्न राज्यलाई सजिलो अवस्था छैन । सानो ठाउँ घनाबस्ती र सवारीसाधनभन्दा पनि पैदलै हिँडेर आफ्नो काम फत्ते गर्ने उपत्यकाबासीका लागि यो रोगको जोखिम अझै बढी देखिन्छ । रोग नियन्त्रण गर्न सरकार सक्षम नभएको भन्दै चोक–चोकमा बसेर कुरा काट्ने नेपालीले यस रोग रोकथामका लागि अपनाउनुपर्ने जनचेतना फैलाउनेतर्फ आफूलाई लैजानु उत्तम देखिन्छ ।

Leave a Reply