राजकुमार यादव

मौलापुर,नेकपा एमाले स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री प्रभु साहले रौतहट जिल्लाको मौलापुर नगरपालिका मर्यादपुरामा भएको घटनाको भ्रत्सना गर्दै दोषिमाथि कारबाहीको माग गर्नुभएको छ ।

नेता साहले मंगलवार सामाजिक संजान फेसबुकमार्फत मौलापुर निवासी शुम्भनाथ तिवारी, उहाँका भाइ द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारीमाथि गत सोमवार साँझ भएको सांघातिक आक्रमणको भ्रत्सना गर्दै दोषिमाथि कडा काबाहीको माग गर्नुभएको छ ।

तिवारी परिवारका सदस्यहरुमाथि सांघातिक आक्रमण गरेर उनीहरुलाई घाइते तुल्याइएको थियो । घाइतेहरुको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि नेता साहले ज्यान लिने उद्देश्यले आक्रमण भएको भन्दै घटनाका दोषीलाई तुरुन्त पक्राउ गरी कडा कारबाही गृह प्रशासनसंग आग्रह गर्नुभएको छ ।

उहाँले यसरी ज्यान मार्ने उद्देश्यले मर्यादपुरमा पटक पटक सर्वसाधारण व्यक्तिहरुमाथि सांघातिक हमलाको घटना दोहरी रहदा पनि स्थानीय प्रहरी–प्रशासनले कुनै ठोस कदम चाल्न नसक्नु खेद र आपत्तिजनक विषय हो भन्नुभएको छ ।

उहाँले अगाडि भन्नुभएको छ– आजको २१औं शताब्दीमा पनि लोकतन्त्र एवं कानुनी राज्यको यसरी खुलेआम उपहास उड्उने घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न दोषी जोसुकै भएतापनि निजलाई तत्काल कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न गृह प्रशासनसंग जोडदार माग गर्दछु भन्नुभएको छ । उहाँले घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here