वीरगञ्ज,पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज ल्याइएको छ । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको आरोप लागेका लामिछानेलाई बयानका लागि सोमवार साँझ वीरगञ्ज ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको आग्रहमा पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धान गर्न उनलाई वीरगञ्ज ल्याइएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको प्रहरीको टोली लामिछानेलाई लिन सिमरा विमानस्थल पुगेको थियो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा बयान लिइने छ ।

यसैबीच लामिछानेको रिहाइको माग गर्दै रास्वपाका कार्यकर्ताहरूले वीरगञ्जमाप्रदर्शन समेत गरेका छन् ।
लामिछानेलाई वीरगञ्ज ल्याइपुर¥याउनुअघि नै रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वमा रास्वपाका नेता कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि विरोध प्रदर्शन गरेका हुन् । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा उनको रिहाइको माग गर्दै प्रदर्शन गरिएको पन्तले बताउनुभयो ।प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले रवि लामिछानेको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए । रास्वपाका स्थानीय कार्यकर्ताहरूले लामिछानेमाथि गरिएको कानुनी कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनीप्रति राजनीतिक पूर्वाग्रह देखाइएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भएको प्रदर्शनमा सयौँ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
वीरगञ्जमा बयान सकिएपछि लामिछानेलाई पुनः पोखरा फर्काइने प्रहरी स्रोतले जानकारी दिएको छ ।
सिमरामा पनि नाराजुलुस
सिमरा,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरुले बाराको सिमरामा पनि नाराबाजीसहित प्रर्दशन गरेका छन । उनलाईसिमरा हुँदै वीरगञ्ज लैजाने क्रममा विमानस्थल अगाडि भेला भएका समर्थकहरुले प्रदर्शन गरेका हुन ।रविलाई लगिएको बुद्ध एयरको जहाज ४ः१३ बजे सिमरा विमानस्थलमा अवतरण भएको थियो । रविलाई सिमरा पु¥याउनुअगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । विमानस्थलको गेटबाहिर समर्थकको प्रदर्शनका कारण रविलाई निकाल्न प्रहरीलाई केही बेर सकस परेको थियो । उनलाई पोखराबाट काठमाडौं लगेर सिमरा विमानस्थल ल्याइएपछि सडक मार्ग हुदै फेरि वीरगञ्ज पु¥याइएको हो ।

Leave a Reply