कलैया,बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २३ स्थित भलुवाही गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित आइतबार एक गाडी नियन्त्रणमा लिएको छ ।बा. प्र. ०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा वीरगञ्ज महानगरपालिका– १६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जीतपुर– सिमरातर्फ लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छलीको कपडा र गाडी नियन्त्रणमा लिएको हो ।

गाडिलाई पिछागर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।बरामद गाडीको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजार सहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।


















