बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ सिङ्गौलस्थित टाँसिधार्गेलीङ बौद्ध गुम्बाको साधारण सभा शनिवार सम्पन्न भएको छ ।

यसअघि पटकपटक स्थगित हुदै आएको साधारण सभा शनिवार सम्पन्न भएको हो । निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा निजगढ नगर कार्यपालिका सदस्य मानबहादुर डाँसेली, पुर्ववडा अध्यक्ष जितबहादुर बल, चिनिमाया बिक, बुर्गानमाया बललगायतको उपस्थित रहेको थियो ।

साधारण सभाले सुकराम जिम्बाको अध्यक्षतामा ११ सदस्य गुम्बा संचालक समिति सर्वसम्मत रुपले चयन समेत गरको छ । समितिको उपाध्यक्षमा लालबहादुर थोकर, कोषाध्यक्ष बुर्गानमाया बल, सचिव बुद्धसिं लामा, सहसचिव प्रेमध्वाज बल र सदस्यमा श्यामबहादुर तामाङ, मेलिना बल, रितबहादुर बल, सन्जुमाया बज्यु, जितबहादुर बल, इन्दिरा जिम्बो चयन हुनुभएको छ ।

साधारण सभाले मानबहादुर जिम्बा सयोजक रहेको ३ जना सल्लाहाकार समिति समेत गठन गरेको छ । सल्लाहाकार समितिको सदस्यमा मिठु माया मोक्तान र ज्ञानध्वाज बाइबा रहनुभएको छ ।

Leave a Reply