काठमाण्डौं,शुक्रबार राति गएको भूकम्पबाट कर्णाली प्रदेश र त्यस आसपाका गरी ७ जिल्ला प्रभावित भएका छन । भुकम्पबाट ७ वटा जिल्लाका ३ हजार ७७० घरमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका अनुसार ती मध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षति भएका छन् । सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन ।यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ। सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ । यसैगरी, नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी, बैतडीमा एउटा घर भत्किएको छ । मन्त्रालयका अनुसार प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ ।
भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएका गृह मन्त्रालय अन्तरगतको विपत पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ ।हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । मृतक सबैभन्दा धेरैजाजरकोटका १०५ जना रहेका छन् । त्यहाँ ११२ जना घाइेत भएका छन् ।त्यसपछि रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् । यता, सल्यानमा २, रोल्पामा


















