निजगढ,बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन ।अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन । अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक कास्य पदक हासिल गरेकी छिन ।प्रतियोगितामा भारत पहिलो भएको थियो भने नेपाली टोली दोस्रो र बंगलादेशको टोली तेस्रो भएको छ । प्रतियोगितामा मनिषासहित नेपालले कुल २२ स्वर्ण पदक जितेको थियो ।निजगढ नगरपालिका वडा नम्बर ४ घर भएकी मनिषा हाल सशस्त्र प्रहरीमा कार्यरतछिन । सापकोटाले निजगढको बाग्देव तेक्वान्दो डोजाङबाट खेल सुरु गरेकी थिइन ।



















