कलैया,पत्रकारको हत्या र संचार क्षेत्रको आक्रमणको विरोध गर्दै बाराका पत्रकारहरुले आइतवार कलैयामा प्रदर्शन गरेका छन ।बाराका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन ।पत्रकार सुरेश रजकको हत्या र संचार क्षेत्रमाथिको आक्रमणको विरोधमा जिल्लाका सम्पुर्ण पत्रकारहरु नेपाल पत्रकार महासंघको आह्वानमा आफ्नो कार्यस्थलमा हातमा कालोपट्टी बाँधेर विरोध जनाएको महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासले जानकारी गराउनुभयो ।काठमाडौमा राजावादीको प्रदर्शनमा परेर पत्रकार रजकको मृत्यु भएको थियो ।



















