निजगढ,निजगढ नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता बनाएका छन ।

वडा नं. ३, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ को गरी १६ हजार ५ सय ५३ मतगणना सकिदा एमालेका उम्मेदवार एमालेका सुरथ पुरीले १ हजार ६० मतले अग्रता लिनुभएको हो । उहाँले ७ हजार ६ सय २८ मत ल्याउनुभएको छ भने ६ हजार ७ सय २० मतका साथ गठबन्धनका सुरेश कुमार खनालले पुरीलाई पछ्याई रहनुभएको छ ।

त्यसैगरी उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले ३ सय ९१ मत सहित अग्रता लिनुभएको छ । उहाँले ६ हजार ९ सय ३४ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले ६ हजार ५ सय ६८ मत प्राप्त गर्नुभएको छ । यसैबीच निजगढ नगरपालिका वडा नम्बर ३ मा एमालेका गोकुल तिमल्सिना विजयी बन्नुभएको छ । तिमल्सिनाले ४९१ मतका साथ गठबन्धनबाट माओवादीका उम्मेदवार खडगबहादुर लामालाई पराजित गर्नुभएको हो । लामाले २८१ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्ष पदमा एमालेबाट बागी उम्मेदारी दिएका धनबहादुर पुलामीले २४२ मत प्राप्त गर्नुभएको छ ।

निजगढ ५ मा एमालेका सुर्यबहादुर थापा मगर विजयी बन्नुभएको छ । मगरले गठबन्धनका सहदेव गौतमलाई १३ मतको अन्तरमा पराजित गर्नुभएको हो । त्यसैगरी निजगढ ६ मा एमालेका घनश्याम तिमल्सिना विजयी हुनुभएको छ । तिमल्सिनाले ७५३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्धन्दी राप्रपाका केशव राउतले ६६८ मत प्राप्त गर्नुभएको थियो ।

वडा नम्बर ७ मा नेकपा एमालेका टेकबहादुर लामा विजयी बन्नुभएको छ । लामाले ९१७ मत प्राप्त गरी जित हात पार्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी सुमन लामाले ७७१ मत प्राप्त गर्नुभयो भने राप्रपाका अर्जुन मगरले ३२७ मत प्राप्त गर्नुभएको छ । नगरपालिकामा वडा नम्बर १, २ र ४ को मत गणना जारी छ । वडा नम्बर २ र ४ मा पनि एमाले उम्मेदवारहरुले अग्रता बनाएका छन ।

Leave a Reply