सिमरा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालयले बौद्ध विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरेको छ ।मलेखगञ्जस्थित अहिंसावादी सांगे छ्योइलिङ्ग आधारभूत बौद्ध विद्यालयका ८० जना छात्रछात्रालाई वडा कार्यालयले पोशाक वितरण गरेको हो । वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्नुभएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बाकी अध्यक्ष फुलमाया मगर, विद्यालयकी प्रध्यानाध्यापक मिना लामा, स्थानीय शिवराज लामा, गोपाल घलान, फुलमाया तामाङलगायतको उपस्थिति रहेको थियो ।




















