कलैया,मधेस प्रदेश सरकारका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवालले यु–१९ राष्ट्रिय टोलीका महिला क्रिकेटर अलिशाकुमारी यादवलाई कलैयास्थित घरमै पुगेर सम्मान गर्नुभएको छ । नेपाललाई विश्वकपमा पुर्याएर इतिहास रच्दै घर फर्किएका प्रदेशभित्रका महिला क्रिकेटरलाई सम्मान गर्ने क्रममा मन्त्री जयसवाल सोमवार अलिशाको घरमै पुग्नुभएको हो । सो क्रममा कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष अशोक तिवारीलगायत परिवारका सदस्य र आफन्तहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय टिमबाट खेल्दै इतिहास रचेर घर फर्किएका खेलाडी र उनीहरुका अभिभावकलाई हौसला प्रदान गर्नका निम्ति घरमै पुगेर भेट गरेको मन्त्री जयसवालले बताउनुभयो ।मन्त्री जयसवालले शनिवार वीरगञ्जकी साना प्रविणलाई पनि घरमै पुगेर भेटनुभएको थियो । मन्त्री जैसवालको महोत्तरीकी पूजा महतोसंग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । पूजा यु–१९ की कप्तान हुन् भने साना ओपनर ब्याटर र अलिशा विकेटकिपर हुन् ।उहाँले खेलाडीलाई जनही एक लाख ५१ हजार रकम प्रोत्साहनवापत प्रदान गर्ने निर्णय यसअघि नै गरिसक्नुभएको छ । उक्त रकम तीन जना खेलाडीलाई एकैसाथ राखेर प्रदान गर्ने तयारी भइरहेको पनि मन्त्री जयसवालले जानकारी दिनुभयो ।युएईमा हालै सम्पन्न महिला यु–१९ विश्वकप एशिया क्वालिफायरमा घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै नेपालले आगामी जनवरीमा हुने विश्वकपमा छनौट हुन सफल भएको थियो । यो सफलता नेपाली महिला टोलीले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो ।
गृह जिल्लामापूजाको भव्य स्वागत
महोत्तरी,नेपाललाई पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पु¥याउन महत्वपूर्ण योगदान दिनुभएकी कप्तान पूजा महतोलाई जन्म थलोमा शोभायात्रासहित सम्मान गरिएको छ ।स्थानीयले सोमवार पूजाको सम्मानमा शोभायात्रा निकालेका हुन् । गृहनगर गौशाल–११ डुमरवन्नास्थित जन्मथलो आइपुग्नुभएकीपूजालाई आफना गाँउ, समाज, वडा, स्थानीय सङ्घ संस्था र खेल प्रेमीले पुरस्कार र सम्मान दिएका हुन ।

पूजाले मान र सम्मानभन्दा आफ्नो अर्जुन दृष्टि डिसेम्वरमा मलेसियामा हुने एसीसी यु–१९ महिला एसिया कप र अर्को वर्ष मलेसियामा हुने विश्वकपमा रहेको प्रतिकृया दिनुभएको छ । नेपालको यु–१९ महिला टोलीले युएईलाई उसैको मैदानमा पराजित गरेर इतिहास रच्दै आगामी सन् २०२५ मा हुने विश्वकपमा स्थान बनाएपछि कप्तान पूजाले देशब्यापी चर्चा पाउनु भएको हो ।
नाम र चर्चा चुलिएपछि उहाँलाई हेर्नकै लागि पूजाको घरसम्म आउनेको भीड बढेको छ । यो भीडले हाटका दिनबाहेक प्राय सुनसान रहने पूजाको घर नजिकको इमली बजारको चहलपहल बढाएको छ ।उहाँको सम्मानमा गौशाला–११ स्थित वडा कार्यालय तथा स्थानीय युवाहरुको संयुक्त आयोजनामा सोमवार शोभायात्रा निकालियो । शोभायात्रामा सङ्घीय सांसद लक्ष्मी महतो नगरप्रमुख दीपेन्द्र महतो, वडाध्यक्ष मुकेश महतो, खेल प्रेमी, पेसाकर्मी, बद्धिजीवि, सुरक्षाकर्मी, संचारकर्मी र स्थानीयको सर्वसाधारणको विशाल सहभागिता रहेको थियो ।

Leave a Reply