कलैया,अविरल बर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारलाई राहत लिएर गएको युवा संघ नेपाल जिल्ला कमिटी बारा र पर्साको टोलीलाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विदाई गर्नुभएको छ । बाढीबाट प्रभावितहरुको लागि राहत एवम् स्वास्थ्य सामाग्री कलैया र वीरगन्जबाट गएको टोलीलाई पूर्व प्रधानमन्त्री नेपालसहित संघका केन्द्रीय पदाधिकारीहरुले काठमाण्डौबाट विदाई गरेका हुन् । विदाई गर्दै पूर्व प्रधानमन्त्री नेपालले युवाहरुको पहल अत्यन्तै सकारात्मक रहेको बताउँदै यस्तै युवाहरुकै कारण पार्टी र संगठनको अस्तित्व जोगिएको र शिर ठाडो भएको बताउनुभयो ।

सन्धुपाल्चोकमा बाढी आउँदा मधेशका युवाहरुको मन रुनु र राहत लिएर आउनुले नै मानवतालाई झल्काएको नेपालले बताउनुभयो । युवा संघ पर्साका अध्यक्ष भूपेन्द्र साह, बाराका अध्यक्ष राम यादव, उपाध्यक्ष रामकुमार भट्टराई, कलैया उपमहानगरपालिकाका अध्यक्ष हरीओम साह, केन्द्रीय सदस्य गणेश रिजाललगायतको टोली राहत लिएर सिन्धुपाल्चोक गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here