निजगढ,नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले बुधवार आयोजना गरेको कार्यक्रममा ७ महिला र ४९ पुरुष गरि ५६ जना रक्तदाताहरुले रगत दान गरेका छन ।निजगढ नगरपालिका ९ स्थित उपशाखाको भवनमा भएको रक्तदान कार्यक्रममा रेडक्रसकर्मी, स्थानीय समाजसेवी, सुरक्षाकर्मी र सर्वसाधारणहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाका सभापति रुद्रप्रसाद धितालले जानकारी दिनुभयो ।



















