निजगढ,चौतारा युवा क्लब निजगढ ७ को आयोजनामा बुधवारदेखि शुरु भएको सेभेन साइड भेट्रान फुटबल प्रतियोगितामा लालिगुँराश सिंगौल विजयी भएको छ । लालिगुँराशले निजगढको सनराइज युवा क्लव २÷१ गोलमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।लालिगुँराशको लागि दुबै गोल शेखर लोप्चनले गरेका थिए । लोप्चनले पहिलो हाफको १० र १५ औं मिनेटमा गोल गरेका हुन ।सनराईजको लागि दिपक बुढाथोकीले गोल गरेका थिए । मध्यान्तर पछिको ७ औं मिनेटमा बुढाथोकीले गोल गरेका थिए । प्रतियोगिताको उद्धाटन खेलको म्यान अफ दि म्याचको उपाधि लालिगुराँका शेखर लोप्चनले हात पारेका छन ।यसअघि प्रतियोगिताको उद्धाटन निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले गर्नुभएको थियो । वडा अध्यक्ष लामाले मुख्य रेफ्री कृष्णमणी चौधरीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा ले बोल्नुभएको थियो ।बिहीवार सिंगौल एफसी र आयोजक चौतारा युवा क्लबबीच खेल हुने छ ।प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सम्मिलित टोलीको सहभागिता रहेको छ । विजयी टोलीले ३० केजीको र उपविजेताले २० किलोको खसी पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोल रक्षकसहित सबैभन्दा बढी गोल गर्ने एक जना खेलाडीलाई पनि ट्रफी प्रदान गरिने छ भने दिनको खेलमा म्यान अफ दि म्याचको ट्रफी पनि प्रदान गरिने आयोजक क्लबका बुद्धि राणा मगरले जानकारी दिनुभयो ।