रौतहट,रौतहटको चन्द्रपुर नगरपालिकाको विगत दुई वर्षदेखि निष्क्रिय रहेका २५ वटा सहकारी संस्था खारेजको लागिसूचना प्रकाशन गरेको छ।नगरपालिकाको सहकारी शाखालेचन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा १, २, ३, ४, ५ र ७ तथा दफा ६७ उपदफा १, २ बमोजिम नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित गरेको उल्लेख गरिएको छ।

पैँतीस दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपि, पछिल्लो साधारण सभा भेलाको छाँयाकपीलगायत आवश्यक कागजातसहित नगरपालिका सहकारी शाखामा सम्पर्क गर्न सहकारी शाखाका प्रमुख शेख नसरे आलमले जानकारी दिनुभएको छ।

तोकिएको समय सीमाभित्र सम्पर्क गर्न नसक्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने शाखा प्रमुख आलमले बताउनुभयो। चन्द्रपुर नगरपालिकाको सहकारी शाखाद्वारा जारी पत्रमा चन्द्रपुर ४ स्थित चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्था, छहारी समाज कृषि सहकारी संस्था, देवी कृषि सहकारी संस्था, सक्षम कृषि सहकारी संस्था, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था, आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था, नुनथर सूचना तथा सञ्चार सहकारी संस्था,चाँदी स्वास्थ्य सहकारी संस्था रहेका छन । त्यसैगरी चन्द्रपुर ५ मा रहेको कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था, सयपत्री बचत तथा ऋण सहकारी संस्था पनि खारेजीको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो।

यसैगरी चन्द्रपुर २ स्थित सिद्धार्थ कृषि सहकारी संस्था, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था, सगुन कृषि सहकारी संस्था, नुनथर कृषि सहकारी संस्था, चन्द्रपुर १० को शिव बचत तथा ऋण सहकारी संस्था, पारिजात सहकारी, शवशक्ति कृषि सहकारी संस्था,वडा नम्बर १ को साथी कृषि सहकारी संस्था, ९ कोडुमरिया महिला कृषि सहकारी संस्था, गढीमाई कृषि सहकारी संस्था, रामायण कृषि सहकारी संस्था, कलश बचत तथा ऋण सहकारी संस्था, श्रमजीवी कृषि सहकारी संस्था पनि खारेजीको प्रक्रियामा छन्।त्यस्तै चन्द्रपुर ८ को गोधुली कृषि सहकारी संस्था, आंशिक कृषि सहकारी संस्था, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था गरेर २५ वटा सहकारी संस्थाको खारेजी प्रक्रियाको लागि नगरपालिकाले नाम सार्वजनिक गरेको छ।

Leave a Reply