निजगढ,नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाराको अध्यक्ष पदमा गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झा निर्वाचित हुनुभएको छ ।नेपाल राष्ट्रिय शिक्षक संगठनको शनीवार कलैयामा भएको १४औं जिल्ला अधिवेशनले झाको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा जियालाल चौधरी, कालिका भण्डारी, सचिवमा विष्णु ढकाल र कोषाध्यक्षमा जयराम राउत चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा सत्यश्वर शिवशक्ति आवि निजगढ ७ का प्रधानाध्यापक उमेश स्वर्णकार चुनिुनुभएको छ । अधिवेशनको उद्धाटन सत्रमा शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्षहरुलाई सम्मानसमेत गरिएको थियो ।अधिवेशनको उद्धाटन बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले गर्नुभएको थियो ।



















