आर.के.चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनीमा टिपरको ठक्करबाट बुधवार एकजना साइकल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको अकवनीया पोखरीबाट बालुवा बोकेर सखुवाप्रसौनी वडा नम्बर १ को सिरही टोलतर्फ जादै गरेको प्रदेश २–०३–००१–ख २१६३ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार पर्सागढी नगरपालिका वडा नम्बर १ भटनी टोलका पुरन चौधरी थारुलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रहरीले चालक रमेश पसवानसहित टिपरलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।