कलैया,नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाराले आज कलैयामा वृहत् जनप्रर्दशन र सभाको आयोजना गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बारामा पनि सो पार्टीले ¥यालीसहित प्रदर्शन र सभाको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका एमाले कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।हजारौं सहभागी रहेको सो प्रदर्शन कलैया नगर परिक्रमापछि सभामा परिणत भएको थियो । सभामा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली, बारा क्षेत्र नम्बर ४ का पूर्व सांसद किसान श्रेष्ठले शंवोधन गर्नुभएको थियो ।
सभामा केन्द्रीय कमिटी सदस्य बलवीर चौधरी, एकबाल मियाँ, मञ्जु थापा मगर, सरस्वती चौधरी, मोहम्मद समिरलगायत नेताहरुको सहभागिता रहको थियो ।एमाले बारा जिल्ला कमिटी अध्यक्ष अध्यानन्द पाण्डेको अध्यक्षतामा भएको सो सभाको संचालन जिल्ला कमिटी सचिव अमृत शर्मा बजगाँइले गर्नुभएको थियो ।



















