पर्सा सम्वाददाता

पर्सा जिल्लामा महिला पत्रकारहरुले संचालन गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सो मध्य रक्तदान कार्याक्रममा ४ जना महिला सहित ५४ जनाले रक्तदान गरेका हुन् ।

शनिबार वीरगन्जको होटल कुमुमा मध्य नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकार महिला तथा बीबीसी नेपाली सेवाकी पर्सा सम्बाददाता माधुरी महतो, सावित्रा संग्रौला, जरिना खातुन र अनिता साह तेली लगायतका महिलाले रक्तदान गरेका थिए । अत्याधिक गर्मीको समयमा अस्पतालहरुमा बिरामीको चाप बढिरहेको कुरालाई मध्यनजर गरी सो पत्रिकाले आफ्नो बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

भवानी हस्पिटलका संचालक राम राज श्रष्ठले सो कार्यक्रममा उक्त दान गर्दा हाल सम्म ५१ औं पटकको रक्तदान गरिसकेकोले वहाँ श्रेष्ठ सम्मानित पुरुष रक्तदातामा पर्न सफल हुनु भएको छ । धेरै पटक रक्तदान गर्नेहरु मध्यमा उनी दरिएपछि आयोजक मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काले उनलाई खादा र माला सहित सम्मान गरेकी थिइन् । रक्तदान गर्दा आफु खुशी रहेको महशुस गर्दै श्रेष्ठले रक्तदान गर्दा शरीरमा कुनै प्रकारको कमजोरी नहुने र उल्टै सकृयता बढ्ने कुरा बताए ।

सो  कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, शिवनाथ प्रसाद यादव, प्रविण खड्का, जियालाल साह, रविकुमार गुप्ता, तवरेज अहमद, संस्कार रिमाल, कमलप्रसाद बराल, धिरज सिंह, शनि पटेल, दुर्गानन्द साह, वीरेन्द्र प्रसाद साह, प्रज्वल पल्वान, लक्ष्मण लामा, सन्दिप मगर, शशिकान्त प्रसाद, रोहित कुमार चौधरी, डिक बहादुर खड्का, राजु गुप्ता, सतिस हजारा, ग्रिस कुमार सिंह, सौरभ प्रताप सिंह, दिनेश लामाले रक्तदान गरेका थिए ।

Leave a Reply