वीरगञ्ज,वीरगञ्जमा एक जना किशोरीमाथि नशालु पदार्थ खुवाएर पटक–पटक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।बलात्कारमा परेकी पीडित किशोरी गर्भवती भएपछि घटना बाहिरिएको हो । प्रहरीका अनुसार उनको गर्भ १० हप्ताको भएको छ ।

प्रहरीका अनुसार पीडकले किशोरीलाई पानीमा नशालु पदार्थ मिसाएर मानसिक रूपमा सुस्त बनाई पटक–पटक बलात्कार गरेको खुलेको हो ।पीडित किशोरीले प्रहरीलाई दिएको बयानमा आफू पीडकको घरमा पढ्न जाँदा यस्तो अमानवीय व्यवहारको सिकार भएको बताएकी छन् । पीडकले उनलाई पानीमा नशालु पदार्थ मिसाएर बेहोस बनाउने र त्यसपछि बलात्कार गर्ने गरेको किशोरीको बयान छ ।किशोरीका अनुसार, पीडकले आफूलाई ज्यान मार्ने धम्की दिने गरेको र घटना बाहिर ल्याए बेइज्जत गराइदिने धम्की दिँदै नियमित रूपमा यौन शोषण गर्ने गरेका थिए । पीडित किशोरी पीडककी छोरीकी साथी भएको र सोही नाताले उनको घरमा आउजाउ गर्ने क्रममा अपराधको सिकार बनेकी हुन् ।पीडकको नाम शेख मोहम्मद अनवर रहेको प्रहरीले जनाएको छ । ५२ वर्षीय अनवर वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुरका स्थायी बासिन्दा हुन् । हाल उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीमा बस्दै आएका छन ।

Leave a Reply