कृष्णउदास खनाल
हेटौंडा – आइतबार मध्य दिन,हेटौंडाको चौघडा बजार लकडाउनका कारण सुनसान जस्तै थियो तर कान्तिराजपथको मुल सडकमा केही सवारी साधन अघिपछि भन्दा बाक्लै हिँडेका थिए । हटिया जाने बाटोमा एक करिब २८ बर्षीया युवतीकोे साथमा बिष्णुमायाँ चौलागाइ टोलाइरहनु भएको थियो ।

 

झट्ट हेर्दा खासै बिरामी जस्ती नदेखिने बिष्णुमायाँ चौलागाइकी छोरी करिब ८ बर्षदेखि बिरामी हुनुहुँदो रहिछ । मानसिक संतुलन गुमेपछि छोरी दीपाको सबै सहारा आमा बिष्णुमायाँ बन्नु भएको छ । करिब ११ बर्ष बर्ष होला हेटौंडा १७ का दिनेश गौतमसँग दीपाको लगनगाँठो बाँधिएको । लगनगाँठो मात्रै होइन दिनेश र दीपाको माया स्वरुप एक छोरा पनि छ तर छोराले खासै दीपालाई चिन्दन। दीपाका पति दिनेशले पनि उपचार नै त नगर्नु भएको होइन तर आमा बिष्णुमायाँका अनुसार उपचारले छोरीलाई अहिले छुन सकेन ।

 

 

 

अहिले त उपचार गर्ने पैसा पनि छैन । आफ्नो छोरी शरणमा पर्न आएपछि र छोरीको हालत खराब देखेपछि कुन चैं आमाको मुटु नदुख्दो होला र ?बिष्णुमायँलाई नि त्यही भएको छ । छोरीको मायाँले घरीघरी बिष्णुमायाँलाइ पोलिरहेको छ । राम्रोसँग उपचार गर्न पाए छोरी ठीक हुनेमा उहाँ ढुक्क हुनुहुन्छ । उहाँले उपचार नै नगरेको त कहाँ होर ?उपचार गर्दागर्र्दै ६ लाख सकिएको अनुभव बिष्णुमायाँसँग छ । घर पट्टीकाले सुधारगृहमा लगेर राखेपछि छोरी झनै एकाहोरो भएको आमा बिष्णुमायाँको बुझाइ छ । कक्षा ८ सम्म पढेकी दीपाको बिहे कमै उमेरमा भएको देखिन्छ ।

 

 

 

 

बिवाह भएर छोरालाई जन्म दिएको केही बर्षपछि दीपामा मानसिक समस्या देखिएको हो । आफूले उपचार गर्दा गर्दै थाकेको र अब सहयोगीको आश आफूले गरेको आमा बिष्णुमायाँले बताउनुभयो । बिष्णुमायाँका तीन छोरी मध्य दीपा माइली हुन् । आइतबार चौडघामा पुगेका केही संचारकर्मी सहित अधिकारकर्मीहरु समक्ष बिष्णुमायाँले छोरीको उपचारका लागि सहयोगको भीख माग्नु भएको छ । कलिलो उमेरकी दीपाको आफ्नो घर छ,श्रमिान हुनुहुन्छ छोरा छन्,छोरी ठीक भएर पतिको घरमा गएर आफ्नो छोरालाइ संम्हालेर बसेको हेर्ने इच्छा बिष्णुमायाँको छ । छोरीको उपचारका लागि कसैले सघाउछ कि भन्ने ठूलो आशमा बिष्णुमायाँ रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here