प्रतिनिधि सभाको बैठक (बुधवार) आज बस्दैछ । मंगलबार साँझ संसद सचिवालयले निकालेको सूचनामा भने एमसिसी कार्य सूचिमा नभएपनि आज बिहान बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले यस बिषयमा थप निर्णय गर्ने अनुमान छ । त्यसो त एमसिसी सदनबाट पारित गराउने प्रयास भइरहेकै अवस्थामा प्रतिपक्ष रहेको एमालेले सदन अवरुद्ध गर्ने जनाउ दिएको छ ।
उसले सदन लामो समयदेखि चल्न दिएको पनि छैन । उसले आफ्नो पुरानौ बेदना राखेको हुनाले आज सदनमा एमसिसी त पेश हुने संभावना छ । एमसिसी अमेरिकी सहयोग परियोजना हो । यसले नेपालको विकास क्षेत्रमा लागनी गर्ने पनि हो । तर यसलाई पछिल्ला दिनमा फरक ढंगले व्यख्या गरिएको कुरा कांग्रेसजनको छ ।
तर एमसिसीका व्यक्तिहरुले देखाएको चासो र दवबले यसलाई सहज रुपमा लिन सकिदैन । यसकापछाडि धेरै स्वार्थ भएको कुरालाई आँकलन गर्न पनि ढिला गर्न हुदैन । त्यसैले पनि एमसिसी स्वार्थमा रहेकालाई अहिले पारित गर्न हुदैन । यसको बिषयमा व्यापक छलफल अझै आवश्यक छ । यो विषयमा सबै नेपाली बेलैमा सचेत हुन आवश्यक छ ।