राजकुमार यादव

मौलापुर,नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको आयोजनामा विद्युत चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं ग्राहस्थ प्रयोजनाको लागि घरदैलोमा विद्युत मिटर वितरण कार्यक्रम बुधबार मौलापुर नगरपालिकाको सोनरनियाँमा सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मौलापुर शाखाले विद्युत चुहावट नियन्त्रण गर्नका लागि नगरपालिकाको वडा नम्बर ८ सोनरनियाँका ग्राहकहरुलाई विद्युत मिटर वितरण गरेको हो ।

स्थानीय बलकेशिया देवी, शियापति देवी, मरछिया देवी र हिरमतिया देवी लगायत २५ जना ग्राहकहरुलाई वडा कार्यलयको प्राङ्गणमा वडाध्यक्ष शिवप्रशन यादवको उपस्तिथिमा मिटर वितरण कार्यक्रम सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यलय प्रमुख संदिप दासले जानकारी दिनुभयो ।

विद्युत चुहावट नियन्त्रण गर्नका लागि निम्ति कार्यालयले सार्वजनिक सुनुवाइ र अन्तरक्रिया कार्यक्रमको पनि सुरुवात गरेको छ । मौलापुर वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत स्थानीय तहका वडामा चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरि विभिन्न कार्यक्रमलाई सहज बनाउनका लागि सो कार्यक्रमको सुरुवात गरिएको कार्यालयले जनाएको छ ।

विद्युत चुहावट नियन्त्रणमा गर्न कानुनी प्रक्रियामात्र पर्याप्त नभइ सम्बन्धित क्षेत्रमा पुगेर चुहावट नियन्त्रणको लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्दा जनताहरु सुसुचित हुने र यसको प्रभावकारिता पनि बढने भएकोले कार्यक्रमको थालनी गरिएको वितरण केन्द्रका प्रमुख दासले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here