निजगढ,कृषि, पर्यटन र औद्योगिक व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले निजगढमा पहिलो पटक प्रथम निजगढ महोत्सवमा झण्डै २ दर्जन राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन् ।आयोजक निजगढ उद्योग बाणिज्य संघका अनुसार महोत्सवमा ख्यातिप्राप्त गायकहरु रामकृष्ण ढकाल, शिव परियार, लोकगायक बद्री पंगेनी, राजनराज शिवाकोटी, रचना रिमाल, एलिना चौहान, समिक्षा अधिकारी, ज्योती मगर, प्रिति आले, राधिका हमाल, शान्तारानी परियार, अमृत खातीले प्रस्तुति दिनेछन ।
त्यसैगरी महोत्सवमाहाँस्यकलाकारहरु धुर्मुस–सुन्तली, सुबोध गौतम, बबिता गुरुङ, प्रमिला क्षेत्री, चर्चित ¥यापर जि–बब, आरटी र सुनिता ल्यामगढ तथा प्रीति पासवान र एंजिला दाहाल जस्ता चर्चित मोडलहरुको पनि प्रस्तुति रहने निजगढ नगर उद्योग वाणिज्य संघका सदस्य इन्दिप कोइरालाले जानकारी दिनुभयो ।आगामी माघ ११ देखि २२ गतेसम्म निजगढ– ८ स्थित खयरघारी खेल मैदानमा प्रथम निजगढ महोत्सव हुन लागेको हो । महोत्सवमा स्थानीय उत्पादनका सामग्रीको बिक्री स्टलसहित बाल उद्यान र मनोरञ्जनका विभिन्न साधनको स्टलसमेत रहने जनाइएको छ ।
औराहामा थारु माघी साँस्कृतिक महोत्सवको तयारी पूरा
सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा सोमवारबाट थारु माघी साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ ।शनिवार थारु कल्याणकारिणी सभा बाराले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २९ देखि माघ २ गतेसम्म औराहामा थारु माघी साँस्कृतिक महोत्सव २०८१ आयोजना गर्न लागिएको र सोको तयारीसमेत पूरा भएको जानकारी गराएको हो ।महोत्सवमा स्थानीय थारु साँस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति र थारु समुदायका खाने परिकारहरु राखिने आयोजकले जानकारी दिएको छ ।
आर्थिक व्यवस्थापनमा केहि समस्या भएपनि गाउँगाउँबाट सहयोग आउनेक्रम जारी रहेको जानकारी दिदै जिल्लाका स्थानीय तहहरुले पनि कार्यक्रममा सहयोग गर्ने थारु कल्याणकारिणी सभाका जिल्ला सचिव यादवकृष्ण चौधरीले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनको क्रममा सचिव यादवकृष्णले थारु समुदायको एकता भाड्ने अभिप्रायले केहि पात्रहरुले जिल्लाभित्रैकै अन्य स्थानमा पनि महोत्सव गर्न लागेकोभन्दै प्रति आपत्ति जनाउनुभयो । उहाँले प्रेस विज्ञप्ति जारी गर्दै थारु कल्याणकारिणी सभा बाराले गर्ने महोत्सव नै थारु समुदायको आधिकारिक महोत्सव भएको जनाउदै जीतपुरसिमराको औराहामा हुने महोत्सवमा सहभागी हुन सबैलाई आग्रहसमेत गर्नुभयो ।