कुलमान घिसिङ्ग वास्तवमा नेपाल बिधुत प्राधिकरणका एकजना कर्मचारी हुनुहुन्छ ।कर्मचारी माथिल्लो तहको भएकाले पनि उहाँ प्राधिकरणको हाकिम हुनुभएको हो । अघिल्लो सरकारले उहाँलाई प्राधिकरणको कार्यकारी निर्देशन बनाएको थियो र उहाँ लामो समयसम्म प्राधिकरणको कार्यकारी प्रमुख बन्नु भएको व्यक्ति हो ।उहाँको पालामा जे भएपनि नेपाली जनता उज्यालोमा बस्न पाएको महसुस गरेका थिए र छन् पनि । कुलमानका पनि कमजोरी होलान् । कुलमान पनि मानिस भएकाले कमजोरी स्वभाविक पनि हो तर कुलमानले राम्रो पनि गरेको कुरा बिर्सन हुन्न ।
जसले जसरी विश्लेषण गरेपनि गरेपनि यो देशमा लोड सेडिंग हटाउनका लागि कुलमानले खेलेको भूमिका महत्वपूर्ण छ । तर वर्तमान केपी ओली सरकार आएपछि कुलमानका विरुद्धमा लागेको देखिएको थियो । परिणाम के भयो भने सोमवार एकाएक त्यसको असर पनि देखिएको र चार महिनाको कार्यकाल बाँकी रहदा रहदै कुलमानलाई सरकारले बर्खास्ती गरेको छ । जे भएपनि कुलमान खराब मान्छे भनेर अहिले चैं यो सरकार बाहेक कसैले भनेको सुनिदैन ।
सोमवार नै नियुक्त गरिएका व्यक्ति पनि प्राधिकरण कै हुन् । उहाँले पनि कुलमानको भन्दा राम्रो काम गर्नु होला तर प्रक्रिया चैं गलत भएको छ । यो प्राधिकरणका लागि पनि राम्रो कुरा होइन । नजिर पहिला पनि बिगारिएको कुरा पनि अउँछ तर राम्रो काम कसैले गर्छ भने केही नजिर बिग्रिएपछि गर्नुपर्दछ । अहिले कुलमानलाई हटाउने पर्ने अवस्था थिएन तर हटाइयो अब हेरौं प्राधिकरण कुन दिशामा अगाडि बढ्नेछ ।

















