गणतन्त्र नेपाल घोषणा भएपछि बिहीबार भएको निर्वाचनमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल तेश्रो कार्यकालको लागि राष्ट्रपतिमा चयन भएका छन् । नेपाली काँग्रेसका नेता भएपनि उनी सत्ता गठबन्धन दलहरुको साझा उम्मेदवारको रुपमा रहे र राष्ट्रको सर्वोच्च पदमा पुग्नका लागि सफल पनि भए ।नेपालमा राजाको शासन व्यवस्था अन्त्य भएपछि राष्ट्रपति प्रणाली शुरु भएको हो र यसअघि डा.रामवरण यादव नेपालको पहिलो राष्ट्रपती र विद्यादेवी भण्डारी लगातार २ कार्यकालको लागि राष्ट्रपति भइसकेका छन् । नेपालको संबिधान अनुसार राष्ट्रपति भनेको आलांकारिक पद हो ।प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थामा राष्ट्रपतिलाई आलांकारिक मान्ने गरिन्छ । तर, यही पदका विषयमा बेला बेलामा समस्या हुने गर्दछ र राष्ट्रपती पनि विवादमा पर्ने गरेका छन । यो पदमा पुगेका व्यक्तिहरु पनि कतिपय अवस्थामा कार्यकारी जसरी नै शक्तिको अभ्यास गर्ने प्रयास गर्दै आएकाले विवाद हुने गरेको हो ।प्रथम राष्ट्रपती रामवरण यादवले प्रधानसेनापती रुक्माङ्गत कटुवाल प्रकरणमा होस वा विद्यादेवी भण्डारीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्दाको घटनामा नै किन नहोस दुबैले शक्तिको अभ्यास गरेकै हुन र विवाद रहित बन्न सकेनन् ।अब परीक्षाको घडी रामचन्द्र पौडेलको सुरु भएको छ । पौडेलले राष्ट्रपतिको यो जिम्मेवारी कसरी बहस गर्नेछन् र उनी कत्तिको संबिधानको रक्षकको रुपमा देखा पर्ने छन् भन्ने कुरा उनको कार्यले पक्कै बताउनेछ तर केही दलको स्वार्थमा उनी यो पदमा पुगेका कारण बिगतका राष्ट्रपतिहरु जस्तै उनी पनि विवाद रहित हुनेमा भने आशंका छ ।

Leave a Reply