वन सबैको साझा सम्पत्ति हो । कुनै क्षणिक र केही उपभोक्ता समिति बनाएर यसको रेखदेखको जिम्मेवारी दिएको भएपनि वास्तवमा वन भनेको राज्य अनि समुदायकै सम्पत्ति हो । त्यसो त वनको संरक्षण गर्न सकेको खण्डमा त्यस बापतको पहिलो फाइदा पनि त्यही समुदायले नै लिने हो । जहाँ वन जंगल छ, हरियाली छ त्यहाँको वातावरण यसैलाई सबैलाई रमाइलो लाग्दछ अनि वातावरण पनि वन भएको ठाउँमा रमाइलो अनि स्वथ्य पनि देखिन्छ ।

मान्छेले यत्ति कुरा बुुझेर पनि आफ्नो स्वार्थका लागि वनको फडानी गरिरहेको देखिन्छ । अनि वन फडानी गरेर मानिस, फेरि वनकै खोजीमा पनि भौंतारी रहेको देखिन्छ ।

बाराको एक साझेदारी वनमा नेपाली सेनाले आँखा लगाएको वा उसले पनि केही प्रयोजनका लागि वन लिन खोजेको जस्तो बुझिएको छ । सेनाले वन लिदैमा मासेर सिध्याउँछ भन्न पनि खोजिएको होइन बरु सेनाले लिएको वन संरक्षण नै हुने गर्दछ ।
तर पनि वन भनेको फेरि वन नै हो र यो समुदायकै मताहातमा रहेको राम्रो हुन्छ । समुदायमा रहेका सबैको नियत वन फडानी गर्ने पनि हुदैन । हो, केही समुदायिक वनका ब्यक्तिहरुको नियत ठीक छैन । यो केही घटनाक्रमले पनि पुुष्टि गरेको देखिन्छ यद्यपि वन भनेको पहिलो त समुदायकै सम्पत्ति भएकाले यो समुदायकै माताहतमा रहनु पर्दछ र वनको संरक्षण पनि समुदायले पनि गर्नुपर्दछ । वनमा कसैले पनि आँखा लगाउनु ठीक होइन । सबै मिलेर यसको संरक्षण गर्नुको विकल्प छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here