हुन त कुनै पनि व्यक्तिले देशको मौजुदा कानुनका विषयमा जानकारी राख्नुपर्दछ । कानुनका कुरामा क्षम्य हुदैन भन्ने मान्यता पनि छ । यो भनेको चैं कुनै अपराध गर्ने अनि मलाई थाहा थिएन भन्न पाइदैन भन्ने हो ।त्यसैले पनि देशको हर नियम कानुनका विषयमा सबैले केही न केही जानकारी राख्नु नै पर्दछ । कानुनले नगर्नु भनेको र निषेध गरेको कुरामा ख्याल पनि गर्नुपर्दछ । झन् राज्यको उच्च तहमा पुगेका व्यक्तिहरु त यो विषयमा अझै बढी चनाखो हुन आवश्यक छ ।

यो देशकोसंबैधानिक परिषदका सदस्यहरु मध्ये उपसभामुख पनि एउतटा हो । त्यहाँ जो पुगे पनि यो पदको गरिमा राख्नुपर्दछ र यो पदलाई सबैले सम्मान पनि गर्दछन् । व्यक्तिभन्दा पनि पदको सम्मान हुने भएकाले पनि यी पदहरुको संबैधानिक महत्व छ । तर यही पदमा पुगेका व्यक्तिहरुले आफ्नो पदको महत्व नबुझेको खण्डमा भने समस्या आउने गर्दछ । अहिले उपसभामुखका विषयमा यस्तै प्रश्न उठेको छ ।

करिब एक वर्षअगाडिको पदीय मर्यादा विपरितको उपसभामुखको क्रियाकलापका कारण अहिले सत्तामा रहेका काँग्रेस,एमालेहरुले प्रश्न उठाएका छन् । यसमा राजनीतिक कारण जे भएपनि उपसभाुमखले पनि प्रश्न उठाउने ठाउँ चैं दिएकै हो ।अब राष्ट्रिय स्वतन्त्र पार्टीको आँखाबाट यसो नहोला अनि काँग्रेस र एमालेको हेराइबाट पनि रानाको दोष बढी होला तर समग्रमा हेर्दा केही कमजोरी भएको हो अब यसलाई कसरी लिने भन्ने कुरा चैं उपसभामुखकै हातमा छ ।

 

Leave a Reply