नेपालमा बिशेष गरी निर्वाचन भनेपछि नागरिकहरु वाक्क छन भनिन्छ अनि चुनावमा मानिसहरुका रुची कम भएको पनि भन्ने गरिन्छ आम चुनावमा सबै बालिक मानिसहरुको सहभागिता रहने भयो तर स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भने कलेजमा पढिरहेका विद्यार्थीहरुको सहभागिता रहने गर्दछ ।
मंगलवार देशभरका लगभग सबै जसो क्याम्पसहरुमा चुनाव भयो । विद्यार्थी भनेको नयाँ पुस्ता हो । नयाँ पुस्ता नेपालमा बस्दैन र चुनाव वा यस्तै किसिमको गतिविधिहरुमा उनीहरुको सहभागिता रहदैन पनि भनिथ्यो ।तर, स्ववियु चुनावले यस्तो भनेन । देशभर मंगलवार भएका चुनावमा विद्यार्थीहरुको सहभागिताले पनि नयाँ पुस्ता निर्वाचनमा पनि उत्तिकै चासो पुर्वक सहभागिता जनाउछसक्छ भन्ने कुराको उदाहरण पनि पेश भएको छ । स्ववियु चुनाव दलहरुको जँुगाको लडाई पनि हो । हिजोका दिनमा यसले जति महत्व थियो, आजको दिनमा पनि छ । भोलि देशका उच्च पदमा पुग्ने भनेकै आजका विद्यार्थी नै हुन ।
त्यसैले पनि नयाँ पुस्ताले पनि नेता छानेका छन । मतमार्फत उनीहरुले लामो समय हुन नसकेको स्ववियु चुनावमा नेता छानेका हुन । उनीहरुले चुनेका नेताले विद्यार्थीहरुको हकहितका लागि कति काम गर्छन त्यसको त फरक रुपमा फेरि बहस होला तर अहिलेका लागि नयाँ पुस्ताको चुनावमा देखिएको सहभागिता चैं उत्साहजनक नै छ र चुनाव नै लोकतन्त्रको उत्तम अभ्यास हो भन्ने कुरा पनि पुष्टि भएको छ ।
















