कलैया,नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक सोमबार जिल्लाको जीतपुरसिमरास्थित बडहर्वामा बसेको बैठक छ । बैठकले जनताले आशा र भरोशा गरेको पार्टीभित्र देखा परेको अन्तरसंघर्षले कार्यकर्तामा चिन्ता र देशमा अन्योलता सिर्जना गरेको अवस्थामा नेकपा एमालेका सम्पुर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुलाई जिल्ला कमिटीको नेतृत्वमा एकताबद्ध हुन आग्रह गर्दै केन्द्रमा समेत नेतृत्वलाई सहमति र एकताको निम्ति पहल गर्दै अगाडि बढ्न आग्रह गरेको नेकपा एमाले बाराका अध्यक्ष सुन्दर बिकले जानकारी दिनुभयो ।

यसैगरी बैठकले पार्टी सदस्यता नवीकरण र वितरणको सम्वन्धमा पार्टीहित विपरित आधिकारिक कमिटीभन्दा फरक र पार्टी केन्द्रबाट अनुमोदित एकता कार्यदलको १० बुदेँ सहमति विपरित पार्टी सदस्यता नविकरण र वितरण कार्य भइरहेकोले त्यस्ता गतिविधि पार्टीको हित विपरित भएकोले त्यसमा नलाग्न सम्पुर्ण पार्टी कार्यकर्ताहरुमा हार्दिक आह्वान गरेको छ । त्यसैगरी बैठकले आधिकारिक कमिटीले बिधान सम्वत ढंगले नवीकरण प्रकिया अगाडि बढाउने एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले बताउनुभयो ।

त्यसैगरी बैठकले नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवस यहि श्रावण ७ गते कलैयामा मनाउनका लागि पुष्पलाल स्मृति प्रतिष्ठानलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । सो कार्यक्रममा सबैलाई उपस्थित हुन कार्यकर्तामा आग्रह गरिएको छ ।

जिल्ला कमिटीका अध्यक्ष विश्वकर्माको अध्यक्षतामा पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला सहईन्चार्ज दिनेशकुमार राई, पूर्वमन्त्री तथा एमालेका नेता पुषोत्तम पौडेलको उपस्थितिीमा सम्पन्न भएको थियो । बैठकमा २०७५ जेठ २ अगाडि जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here